मेहेन्दी र हरियो चुराले पसरी रँगियो सामाजिक सञ्जाल


मदन राजवँशी मनप्रीत, १ श्रावन गौरीगँज । साउन हरियालीको महिना हो, उत्सवको महिना हो, अनि प्रेमको महिना हो । श्रावन सँक्रान्तिदेखि महिना भरि पर्ने सोमवारे ब्रतका कारण यो महिना शिवमयी हुने गरेको छ । एका तिर साउने झरीको रिमझिम, अर्को तिर रमाइलो तीजको आगमन सँकेतले त्यसैपनि यो महिनालाई रोमान्टिक बनाई रहेको हुन्छ ।

विशेषत: अविवाहित महिलाले राम्रो बर पाउन र विवाहित महिलाले श्रीमानको दिर्घायुका लागि शिवजीको ब्रत वसि विशेष पुजा आराधना गर्नाले यो महिना धार्मिक आस्था र सामाजिक परम्पराका दृष्टिले महत्वपुर्ण मानिन्छ ।

त्यसो त परिष्कृत समयमा बिकृत बन्दै गएको यो साउन नारीवादी दृष्टिकोणले बदनाम पनि छ । तर पछिल्लो समयमा राम्रो श्रीमान पाउने वा श्रीमानको लामो आयुको कामना भन्दा पनि साउनमा हरियो चुरा र मेहेन्दी फेसनको ऱुपमा बिकसित भईरहेको देखिन्छ ।

आज साउन सँक्रान्तिको दिन नया परम्पराका रुपमा हाम्रो समाजमा भित्रिएको मेहेन्दी र चुडी सँस्कृतिले आज फेसबुक, ट्विटर र ईन्स्टाग्राम जस्ता सामाजिक सँजालहरु गुल्जार भएका छन् । खबर गौरीगँजले सामाजिक सँजालहरुमा सजिएका केहि साउन विशेष तस्विरहरु सँकलन गरेको छ । प्रस्तुत छ तिनै रँगिचँगि तस्विरहरु

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |