महतोले च्यालेञ्ज गरे गौरीगँज खानेपानी लाई ।
मदन राजवँशी मनप्रीत, २१ असार गौरीगँज । गौरीगँज गापा वडा नँ ३ का नव निर्वाचित वडाध्यक्ष मखना महतोले आफु निर्वाचित भएकै दोस्रो दिन गौरीगँज खानेपानीलाई ठाडो चुनौति दिएका छन् । मत परीणामको अन्तिम घोषणा सँगै विजयी कोणसभालाई सँवोधन गर्दै उनले सो चुनौती दिएका हुन् । खानेपानी जनताका लागि अति आवश्यक रहेपनि समितीले अहिले सम्म गैरजिम्मेवार पुर्ण ढँगवाट काम गरिरहेको वताएका छन् । समितीको गैरजिम्मेवारपुर्ण कामवाट उपभोक्ताले सास्ती भोग्नु परेको र समितीले व्यवस्थीत गर्न नसकेको खानेपानीलाइ आफुले अवको केहि समयमै व्यवस्थित गरेर देखाईदिने समेत वताएका छन् ।
दर्जनौ ठाँउमा पाईप लाईन फुटेर खानेपानी अहिले गौरीगँजवासीका लागि टाउको दुखाइको विषय वनि रहेको छ ।



