गौरीगँज गापाका नव निर्वाचित पदाधिकारीहरुले गरे सपथ ग्रहण ।
मदन राजवँशी मनप्रीत, २३ असार झापा । गत असार १४ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा विजयी भएका पदाधिकारीहरुले आज सपथ ग्रहण गरेका छन् । गाउपालिकाको सभा हलमा दिउसो करिव १ वजे उनिहरुले सपथ ग्रहण गरेका हुन् । नव निर्वाचित गापा प्रमुख बाबुराजा श्रेष्ठ, उपप्रमुख दिपेन्द्र थापा लगायत ६ वटै वडाका वडाध्यक्षले झापा जिल्ला प्रसाशन कार्यालयका सहायक भिमराज तिवारी वाट सपथ ग्रहण गरेका थिए भने । ६ वटै वडाका महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यहरुले नव निर्वाचित गापा प्रमुख बाबुराजा श्रेष्ठ वाट सपथ ग्रहण गरेका थिए ।
नव निर्वाचित पदाधिहरु मध्ये गापा प्रमुख बाबुराजा श्रेष्ठ वाहेक अन्य कुनैपनि पदाधिकारी सपथ ग्रहण मा समयको महत्व माथि सम्वेदनशील देखिएनन् । विहान ११ बजेका लागि तय गरिएको सपथ ग्रहण कार्यक्रममा नव निर्वाचित प्रमुख श्रेष्ठ ३ मिनेट अगावै अर्थात १०:५८ बजेनै कार्यक्रम स्थल पुगेका थिए भने उपप्रमुख दिपेन्द्र थापा ६ मिनेट ढिलो अर्थात ११: ६ वजे आई पुगेका थिए । त्यस पछी मात्र अन्य वडाका पदाधिकारीहरु को प्रवेश भएको पाईयो । वडा नँ २ का वडाध्यक्ष अघनु राजवँशी र त्यस वडाका सदस्यहरु सवै भन्दा ढिलो गरि आई पुगेका थिए । उनिहरु ४४ मिनेट ढिलो अर्थात ११:४४ वजे कार्यक्रम स्थलमा प्रवेश गरेका थिए ।
नव निर्वाचित पदाधिकारीहरुलाई आजै निर्वाचन आयोग वाट पद अनुसारको प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमको अन्त्यमा गौरीगँज गापाका प्रमुख निर्वाचन अधिकृत भिमराज तिवारीले सवै नव निर्वाचित पदाधिकारीहरुलाई वधाई दिदै शान्तिपुर्ण निर्वाचनमा सहयोग पुर्याउने सँपुर्ण मतदाता, उम्मेद्वार, राजनैतिक दल, कर्मचारी र सँचारकर्मीहरुलाई धन्यवाद समेत दिएका छन् ।



