कोरोबारीका सचिब नियमित कार्यालय नआउदा सेवा प्रबाहमा अबरोध भएको आरोप
८ असोज झापा । गौरीगँज गाउपालिका वडा नँ २ कोरोबारीका वडा सचिब दिपेन्द्र ओझा करिब दुई हप्तादेखि कार्यालयमा नियमित उपस्थित नभएको गुनासो सेवाग्राहीहरुले गरेका छन् । उनि नियमित रुपमा वडा कार्यालय नआउदा कार्यालयको नियमित सेवा प्रवाहमा समेत अबरोध आएको आरोप उनिहरुले लगाएका छन् ।
वडा नँ २ का वडा सदस्य अरुण राजवँशीका अनुसार उनि नियमित कार्यालयमा उपस्थित नहुदा दसैको मुखमा आर्थिक गतिविधि रोकिएको बताएका छन् । उता वडा नँ ६ का वडा सदस्य उदिम राईले पनि वडा नँ २ का सचिब दिपेन्द्र ओझाकै गैर जिम्मेवार पुर्ण कृ़याकलापले दसै अगाडि गापामा सामाजिक सुरक्षा भत्ता बाड्न नसकिएको आरोप लगाएका छन् । गौरीगँज गापाका अन्य ५ वटा वडाले सामाजिक सुरक्षा भत्ताको बिबरण अपडेट गरि सकेको बेला वडा नँ २ का सचिब ओझाको ढिला सुस्तिका कारण सो वडाको बिबरण अपडेट नभएको र सोहि कारणले पुरै गापाको सामाजिक सुरक्षा भत्ता रोकिएको आरोप छ ।
वडा नँ २ का सचिब ओझाले भने आफ्नो वडा कार्यालयमा नेटको सुविधा नभएका कारण विवरण अपडेटको जिम्मा जिबिसलाई दिएको तर जिविसले आफ्नो वडाको विवरण कमल गाउपालिका भित्र राखि दिएकोले समस्या आएको जबाफ दिएका छन् । आफु वडा कार्यालयमा नियमित उपस्थित नभएको आरोपको बचाउ गर्दै उनले आफु एक दिन वडा कार्यालय र एक दिन गाउपालिका कार्यालय मा हुने भएकाले अनियमित देखिएको कुरा वताएका छन् । तर गाउपालिका कै एक कर्मचारीको भनाई अनुसार उनि औसि पुर्णे मा मात्र गापाको कार्यालयमा झुल्किने गरेको कुरा प्रतिकात्मक रुपमा वताएका छन् ।



