गायिका निक्की कार्कीलाई यौन दुर्व्यवहार गर्ने सुशील नेपाल साधारण सदस्यबाटै निष्काशित (भिडियो सहित)

गायिका निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई संस्थाले साधारण सदस्यबाट निष्काशित गरेको छ । गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को चौथो विशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल स्वयम् उपस्थित भएका थिए । उनलाई संस्थाको विधान अनुसार साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । उनलाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को विधानको धारा ५ ,परिच्छेद १ को उपधारा १ अनुसार कारबाई गर्दै निस्काशित गरेको हो ।

विधानको साथै संस्थाको छविलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले सेप्टेम्बर २३ तारिख शनिवार कै दिन देखि लागु हुने गरी निष्कासन गरेको निर्णय गरेको कुरा नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )का अध्यक्ष माधव ढकाल तथा महासचिव कृष्ण श्रेष्ठद्वारा जारी छापा विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

नेपालले २० वर्षीय युवा कलाकार निक्की कार्कीलाई गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको साङ्गीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि उनले यौन दुर्व्यहार गरेका थिए ।

पीडित कार्कीले संस्थागत कारबाही ढिलो भएकोले उनले आफूमा परेको पिडा सामाजिक सञ्जाल मुहार पुस्तिका (फेसबुक ) मार्फत प्रत्यक्ष प्रसारणमा आफूले भोगेका कुराहरू र सुशील नेपालले भनेका कुराहरू आफ्ना दर्शक, शुभचिन्तक तथा विश्व भर छरिएर रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् ।

आरोपी र पीडक सुशील नेपाल २०१५ -२०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७ -२०१९ का कार्यकारी उपाध्यक्ष समेत रहेका थिए ।

Source: BRTNepal

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |