जुवा तास नियन्त्रणका लागि दशैँ अवधि भरि विशेष गस्ती
१२ असोज झापा । दसै तिहारको बेला जताततै जुवातास र मादक पदार्थ सेवनका कारण हुने झै झगडालाई निरुत्साहित र नियन्त्रण गर्न ईलाका प्रहरि कार्यालय गौरीगँजले चाड पर्व अबधी भरि विशेष गस्ती गर्ने जनाएको छ ।
ईप्रका गौरीगँजका ईन्सपेक्टर नारायण गौतमले खबर गौरीगँजसँग कुरा गर्दै जुवा तास र मदिरा नियन्त्रणका लागि दसै तिहार अवधी भरि विशेष टोली परिचालन गरिएको बताएका छन् । कार्यालयले आजै एक सुचना जारी गर्दै जुवातस नखेल्न नखेलाउन तथा राति ९ वजे पछि सबै प्रकारका होटल पसल वन्द गरिदिन अनुरोध गरेको छ । कार्यालयले नौलो तथा शँकास्पद व्यक्ति देखिएमा तथा कसैले कुनै प्रकारको चन्दा मागेमा तुरन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।



