इन्डोनेसियन युवतीले गाएको लिम्बू गीत भाईरल बन्दै
गौरीगन्ज | इन्डोनेसियन युवती स्यानिया फेसबुक पेजमार्फत नेपाली माझ चर्चित छिन । सायद नेपाली फेसबुक प्रयोगकर्ताहरुले फेसबुक मार्फत उनले गाएको नसुन्ने बिरलै भेटिएलान ।
केही दिन अगाडी स्यानियाले "सेवारो यो लिम्बू गीत मेरो लिम्बू साथीहरुको लागी भन्दै" लिम्बू गीत गाएको भिडियो आफ्नो ब्याक्तीगत फेसबुक पेजमा अपलोड गरेकी थिइन् । उक्त अहिले सम्म फेसबुकमा ६९,६७४ पल्ट हेरिएको छ । नेपाली भाषाभाषीको गीत गाउने क्रममा यो लिम्बू गीत गाउनु भन्दा पहिले नै स्यानियाले नेवारी भाषामा गीत पनि गाइसकेकी छिन् ।
स्यानियाको फेसबुक पेजमा अधिकांश नेपालीहरु फ्लोर्स रहेका छन् भने उनी फेसबुक लाईभमा पनि नेपाली मै बोल्ने गर्छिन भने उनले गाएका धेरै गीतहरु पनि नेपाली मै छन् । उनले यति धेरै नेपाली गीत गाउनुले, स्यानियाको नेपाली गीत-संगीत प्रतीको माया प्रस्ट देखिन्छ ।
भिडियो हेर्नुहोस ।
भिडियो हेर्नुहोस ।



