केपी ओलीको जिल्लामा, एमाले नेता काँग्रेसमा
काठमाडौं | झापाका एक एमाले नेता सोमबार नेपाली कांग्रेसका प्रवेश गरेका छन्। झापाको साविकको तोपगाछी गाविसका पूर्व अध्यक्ष पदमबहादुर पौडेललाई सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस प्रवेश गराएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेता पौडेलले एमालेले माओवादीसँग गठबन्धन गरेको चित्त नबुझेपछि आफू कांग्रेसका प्रवेश गरेको बताए। आफू द्वन्द्वकालमा माओवादीबाट पीडित भएको तर पार्टीले माओवादीसँगै गठबन्धन गरेकाले कांग्रेस आएको बताए। उनलाई पार्टी प्रवेश गराउने कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, केशवकुमार बुढाथोकी, सरिता प्रसाईं लगायत पनि सहभागी थिए। केपी ओलीको गृहजिल्लाका नेता भएकाले पौडेल कांग्रेस प्रवेश गर्नु महत्वपूर्ण भएको कांग्रेस नेतृ तथा पूर्व सांसद महिन्द्र लिम्बु बताइन्। उनी कांग्रेसमा आउँदा कांग्रेसको झापामा कांग्रेसको संगठन मजवुत र बलियो भएको लिम्बुको भनाइ छ ।
श्रोत- थाहा खबर



