लागु औषध दुर्व्यसनीको अखडा बन्दै गौरीगँज
मदन राजवँशी मनप्रीत
गौरीगँज । झापाको दक्षिणी सीमावर्ती पुरानो बजार गौरीगँज बाट सिधै दक्षिण लागे दशगजासँगै जोडिएको छ भारतिय बजार बैरिया । गौरीगँजको खजुरगाछी बजारबाट पनि थोरै दक्षिण गएपछी सीमासँग जोडिएको अर्को भारतिय बजार आउछ- फत्तेपुर । यि दुबै सीमाबर्ती भारतिय बजारमा फेन्सीडल , कोरेक्स लगायत अन्य लागु औषधको ब्यापार बर्षौदेखि धुमधामसँग चल्दै आएको छ । भारतिय सीमाबर्ती यि दुई बजारमा लागुऔषधको कारोबार सँगै छिमेकी नेपालको गौरीगँज बजार भने लागुऔषध दुर्व्यसनीहरुको अखडा बन्दै गएको छ । दुर्ब्यसन मात्र हैन अचेल गौरीगँज आफैपनि लागुऔषध कारोबारको धन्दाले गुल्जार बन्दै गएको कुरा जानकारहरु बताउछन् ।
खुला सिमाना र अनियन्त्रीत लागु पदार्थको कारोबारले गौरीगँजका युवा र किशोर, किशोरीहरु दुर्व्यसनमा फस्न थालेपछी गौरीगँज र आसपासकी क्षेत्रमा साईकल मोटर साईकल तथा पसलफोडेर हुने चोरीको घटनामा बृद्धी हुदै गएको छ । दशै तिहार लगतै गौरीगँजमा चोरीको घटना बढेपछी झापा उध्योग बाणिज्य सँघ गौरीगँज शाखाले सुरक्षा प्रमुखहरुलीई बोलाएर गौरीगँज गाउपालिकाको रोहबरमा सोमबार गौरीगँज को शान्ती सुरक्षा बिषयक अन्तरकृया गरेको छ । तर बिडम्बना के देखियो भने यस अन्तरकृया मा ईलाका प्रहरी कार्यालय गौरीगँजका प्रमुख नारायण गौतम र सशस्त्र प्रहरी गौरीगँजका प्रमुख शशी भारती , दुबै जना अनुपस्थीत देखिए ।
अन्तरकृयामा सहभागि अधिकाँश बक्ताहरुले लागु पदार्थ दुर्व्यसनकै कारण बजारमा चोरीका घटनाहरुमा बृद्धी भएको कुरा बताएका छन् । उद्योग बाणिज्य सँघका उपाध्यक्ष निरज अग्रवाल भन्छन् - "अनियन्त्रित जुवातास र खुला सीमाका कारण बढ्दै गएको लागु पदार्थ दुर्व्यसनका कारण नै बजारको शान्ती सुरक्षा बिग्रिएको हो । प्रसाशनले जुवा तासको अखडा र सीमानामा कडाई नगरेकै कारण यहाका युवा कुलतमा फस्न थालेको हो ।" शिक्षाकर्मी केदार नाथ रिमाल अझ थप्छन् - "बजारमा लागुऔषध प्रयोग कर्ता बढ्दै गएको र उनिहरुले लागुऔषध सेवनकै लागि चोरी जस्ता अपराधमा सँलग्न हुन थालेका छन् ।"
"रात छिप्पिदै गएपछी गौरीगँज बरपरका बिद्यालय, क्याम्पस नहर तथा प्लटिँग जग्गाका सुरक्षित स्थानहरुमा अचेल दुर्व्यसनीहरुले अड्डा जमाउन थाल्छन्" - राजनितीकर्मी गँगा राजवँशी भन्छन् "सबै कुरा छर्लङ्ग हुदापनि प्रशासन मुक दर्शक बनिरहेको छ "
सीमानामा कडाई नहुदा अचेल दमकदेखि धरान सम्मका दुर्व्यसनीहरु यस बजार तर्फ आकर्षित हुन थालेका छन् । दुर्व्यसनीको अखडाकै रुपमा गौरीगँज बजार बदनाम हुदै गएपनि प्रसाशन यस तर्फ भने गम्भिर देखिदैन ।
ईलाका प्रहरी कार्यालयका सई राजु निरौलाको भनाई अनुसार कार्यालयमा १६ जना दुर्व्यसनीको मात्र रेकर्ड रहेको र ८ जनालाई कारबाहिको दायरामा ल्याई सकेको दावी गर्छन् । तर यहा सयौको सँख्यामा दुरव्यसनीहरु रहेको स्थानियहरुको दावी छ ।
बजारमा दुर्व्यसनीको सँख्या बृद्धीले एका तिर प्रसासनलाई नै चुनौति दिईरहेको छ भने अर्को तिर प्रसासनिक निकाय , सुरक्षा निकाय र सरोकार वालाहरु तै चुप मै चुुपको चरित्र देखाई रहेका छन् ।
सशस्त्र प्रहरीका सई जीत बहादुर तामाङ्ग स्थानियको असहयोगकै कारण सीमामा कडाई गर्न नसकिएको कुरा बताउछन् ।
ईलाका प्रहरीका सई निरौलाले प्रसासन कार्यालय, सशस्त्र र गाउपालिकाको समन्वय विना लागुऔषध नियन्त्रण सँभब नरहेको बताउछन् ।
ईलाका प्रसाशन कार्यालय गौरीगँजका प्रमुख यज्ञ प्रसाद आचार्यले आफु यस बिषयमा गम्भिर रहेको कुरा स्विकार्छन् तर उनि सँग लागु औषध द्र्व्यस नियन्त्रणका लागि कुनै ठोस योजना छैन । त्यसो त उनले अन्तरकृया कार्यक्रममा चाडैनै गृह मन्त्रालयको प्रतिनिधि सहितको सुरक्षा सँबन्धी छलफल गर्ने कुरा बताएका छन् तर ठोस योजना बिनाको छलफलले यो समस्याको समाधान निस्केला जस्तो देखिदैन ।
गापा प्रमुख बाबुराजा श्रेष्ठ त अझ यस बिषयमै अनभिज्ञ छन् । उनि यस अन्तरकृयाले आफुलाई यस बिषयमा झकझक्याएको कुरा बताउछन् । र उनि प्रत्येक महिना सुरक्षा सँबन्धी अन्तरकृया आयोजना गर्ने आस्वासन बाड्छन् ।
के प्रत्येक महिनाको अन्तरकृया यस समस्याको समाधान हो ?
स्थानिय युवा तथा उद्याग बाणिज्य सँघका सचिब श्रवण गिरी भन्छन् - अभिभावकहरुको निगरानी र प्रसासनको ठोस योजना र कडाई बिना यो समस्याको समाधान निस्कन सक्दैन ।



