समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु
सम्वाददाता - चन्द्र पौडेल
काठमाडौं, १५ कात्तिक । रोजगारका सिलसिलामा मलेसियाको पेनाङ्ग स्थित एक कम्पनीमा कार्यरत एक नेपाली युवाको मंगलबार समुन्द्र पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
काठमाडौं भक्तपुर घर भई विगत छ महिनादेखि मलेसिया पेनाङ्ग स्थित रहेको सयान्डिकस इलेक्ट्रोनिक कम्पनी (sandisk company ) मा कार्यरत २२ वषर्ीय प्रविन लामिछाने मृत्यु भएको हो । बिदाको दिन साथीहरू संगै घुम्न समुन्द्र गएका लामिछानेको पौडी खेल्ने क्रममा खतराको घेराभन्दा बाहिर जादा डुबेर मृत्यु भएको सोही कम्पनीमा कार्यरत मृतकका साथी कमल तामाङले हामीलाई टेलिफोन मार्फत जानकारी दिएका हुन । मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको मृतकका साथी तामाङले हामीलाई बताए ।



