कार्यालयनै सुनसान पारि गौरीगँजका सबै कर्मचारी र जनप्रतिनिधि जिल्लामा
गौरीगँज, १६ कार्तिक, त्यसो त सधै झै गौरीगँज गाउपालिकाको कार्यालयमा बिहिवार पनि चहल पहल नै थियो । सेवाग्राहि आउथे तर निराश भएर फर्कि रहेका देखिन्थे । किनकि कार्यालयमा महिला तथा बालबालिका कार्यालय कि शुष्मा कोईराला र कार्यालय सहयोगि अनिल यादब बाहेक न त कुनै कर्मचारी उपस्थित थिए, न त कुनै निर्वाचित जनप्रतिनिधि नै । सेवा ग्राहि आउथे र कसैलाई नभेटेपछी निराश हुदै गुनासो पोख्दै फर्किदै थिए ।
आज प्रतिनिधि सभाको चुनाबका लागि चन्द्रगढीमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम परेकाले सबै निर्वाचित जनप्रतिनिधिहरु बिहानै जिल्ला हानिएका थिए भने निर्वाचन आयोगमा मिटिङ र अडिटिङ को कारण देखाउदै कार्यकारी अधिकृत राजेन्द्र पोखरेल र वडा सचिब बिरेन्द्र खड्का पनि उतै गएका थिए साथै लेखापाल कबिन्द्र प्रसाई, प्राविधिक अजय साह, बिज्ञान चौलागाई, कृषिका बुलुराम राजवँशी, स्वास्थ्यका महेश कार्कि समेत को कार्यालयमा कुनै अतोपतो थिएन ।
"कमसे कम कोहि एक जनालाई निमित्त वा कार्यबाहक बनाएर जानु पर्ने हो तर यो जिम्मेबारी बोध न त यहाका कर्मचारीलाई छ न त जनप्रतिनिधि हरुलाई नै । यिनिहरुको गैर जिम्मेवारी ब्यबहारले आज सयौ सेवाग्राहिले दुख पाए " - एक सेवाग्राहिले गुनासो गर्दै भने - यो गौरीगँज गाउपालिकाको बेथितीको नमुना हो ।"



