कोच प्रवासी मञ्चको बार्षिकोत्सबमा बक्तृत्व कला प्रतियोगिता

गौरीगँज १६ कार्तिक , कोच प्रवासी मञ्चले आफ्नो स्थापनाको दोस्रो बर्षिकोत्सब गौरीगँजमा बिबिध कार्यक्रमका साथ मनाएको छ । मञ्चले आज बार्षिकोत्सबको अबसरमा कोच भाषा र सँस्कृती सँरक्षण बिषयमा अन्तरविद्यालय कोच वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेको थियो । प्रतियोगितामा स्नो ह्वाईट स्कुल कि सेषबती ताजपुरिया प्रथम, बाल कल्याण कि मनिषा राजवँशी र देबकोटा कि शुष्मा राजवँशी द्वितिय , मुनलाईट कि सपना राजवँशी र स्नोह्वाईटका सुमन ताजपुरिया तृतिय र गौरीगँज माबि कि शोभा राजवँशी र युनिभर्सलका नगेन्द्र ताजपुरिया चौथो भएका छन् बिजता हरुले क्रमश प्रथम पुरस्कार रु ५ हजार द्वितियले रु ३ हजार तृतियले २ हजार र चौथोले रु १ हजार नगद, प्रमाण पत्र र डायरी हात पारेका छन् । मञ्चले आज गौरीगँज प्राविका सम्पुर्ण विद्यार्थीहरुला कपि कलम समेत बितरण गरेको छ ।

मञ्चका अध्यक्ष खेमराज ताजपुरिया को सभापतित्वमा सम्पन्न कार्यक्रममा राजवँशी समाज विकास समितीका सल्लाहकार देवी राजवँशी प्रमुख अतिथी थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |