धमाधम योजना छनौट
गौरीगँज २१ कार्तिक झापा । गाउसभा बस्नु पुर्व गौरीगँज गाउपालिकाका सबै वडाहरुले धमाधम टोल टोलमा पुगेर योजना छनौट प्रकृया थालेका छन् । वडा नँ ५ र ६ ले १७ गते नै छनौट कार्य सकि सकेको जानकारी आएको छ । त्यसै गरि वडा नँ ४ ले हिजो देखि र वडा नँ ३ ले आज देखि प्रत्येक टोलमा पुगेर टोलबासीहरु सँग समन्वय गरि योजना छनौट गरि रहेको कुरा वडा नँ ३ र ४ कि सामाजिक परिचालक किशन राईले जनाएकि छन् । किस्नी खोला पुर्व का वडा हरु १ र २ मा पनि आजै देखि योजना छनौट प्रकृया शुरु भएको कुरा कोरोबारी कि सामाजिक परिचालक अस्मिता सुवेदी र महाभारा कि सामाजिक परिचालक पुजन न्यौपानेले जानकारी गराएका छन् ।
कार्तिक १४ ।गते बसेको गौरीगँज गापा को कार्यपालिकाको बैठकले सबै वडाहरुलाई कार्तिक २४ गते भित्र आआफ्नो वडा भित्रका योजनाहरु पेस गर्ने निर्देशन दिएको थियो । प्रस्तुत हुने योजनाहरुलाई समेटेर कार्तिक २५ गते बस्ने कार्यपालिकाको बैठकले यहि महिना भित्र गाउसभा बस्ने मिती तय गर्ने कुरा गापाका उपाध्यक्ष दीपिन्द्र थापाले बताएका छन् ।



