बाँसले जेडिएको एउटा गाँउ
मदन राजवँशी मनप्रीत
गौरीगँज | पश्चिममा किस्ने खोला उतर–पुर्वमा कमल खोला अनि पुर्व–दक्षिणमा कन्काइ खोला । यि खोलाहरुको बीचमा गजधम्म परेर बसेको छ– कोरोबारी गाँउ । पोहोरको हिउदसम्म यो एउटा छुट्टै गाबिस थियो । तर फागुनमा भएको राज्यको पुनरसँरचनाले यो गाँउलाइ गौरीगँज गाउँपालिका अन्तर्गत गाभिदियो ।
त्यसो त यो गाउँमा पक्की सडक पुगेकै छ तर यो गाउँ पस्न कुनैपनि खोलामा भर पर्दो पुल नै छैन । यो गाउँलाइ चारै तिरबाट खोला नदिहरुले घेरेको छ र यो गाउँ पस्ने सबै बाटाका खोला नदिहरुमा बाँसका कच्ची पुलहरु बनेका छन् । जो अत्यन्तै जोखिम पुर्ण थन्. यो गाउँको मुख्य सडक हुलाकि राजमार्ग मा गतबर्ष सम्म महाभारा सँग जेडिन कमल खोलामा काठको राम्रै पुल थियो तर गत साउनको बाढिले पुल बगाइ दियो । गौरीगँज बजारसँग जोड्ने किस्ने खोलाको भाटे पुलपनि त्यहि बाढिमा बगेर गयो । गत साउनको बाढिमा सबै पुल बग्दा यो गाउँको उद्दारमा खटिन निकै समस्या भएको थिये । बिधुत अपुर्ती समेत बन्द हुदा मोवाइल सेवा समेत अबरुद्ध भइ दुइ दिन सम्म यो गाउनै गुमनाम हुन पुगेको थियो र पछि राहत सामग्री पुर्याउन समेत कढिनाइ भएको थियो ।
त्यसो त यो गाउँ जोड्ने सबै पुलहरु राष्ट्रिय योजना अन्तर्गत ठेक्का लागिसकेर निर्माण प्रकृया समेत शुरु भइ सकेको बर्षौ बिति सक्यो। तर न त हुलाकि सडक अन्तर्गतको कस्ने खेलामा पुल बन्यो न त कमल खोलामा नै । बगाहाचौधरी तिरको किस्ने घाटमा समेत पुल निर्माणको कार्यले तिब्रता लिन सकेन ।
राष्ट्रिय येजना अन्तर्गत एक पटक ठेक्का लागिसकेको पुल पुन: गाउँपालिका बाट ठेक्का दिने कानुनी प्रावधान नरहेको कुरा गापा अध्यक्ष बाबुराजा श्रेष्ठ बताउछन् ।
महिना दिन अघि गौरीगँज तिर झुल्केका जिल्ला समन्वय समितिका सभापति सोमनाथ पेर्तेलले यि खेलाका पुल निर्माणका बारेमा सडक बिभाग सँग छलफल गरेर अघि बढ्ने कुरा इजलासलाइ बताएका थिए । तर उनले अहले सम्म यो बिषयमा चासे भने लिएका छैनन् ।
बर्षौ देखि यि खोलाहरुमा बाँसको पुल बनाउन गाबिसबाट पैसा लिने र कमिसन खाने एउटा समुह नै सकृय छ । गाबिस भँग भइ गाउँपालिका भइ सक्दा समेत त्यो समुहको चलखेल र पुल राजनिती यथावत छ । यसपालि समेत यि पुलहरुमा हजारौको कमिसन र चलखेल भएको स्थानीयहरु बताउछन् । किस्ने खोलाको बगाहाचौधरी घाटमा त झन नाउ चलाउने ठेक्का लागि सकेको अबस्थामा समेत बाँसको पुल निर्माण गरि गाउपालिकामा रकम निकासाका लागि केहि नेताहरु धाईरहेको बुझिएको छ ।



