गौरीगँजमा प्याट्रोलको कालोबजारी अनुगमन खोइ ?
मदन राजवँशी मनप्रीत
गौरीगँज | झापाको दक्षिणी बजार गौरीगँजमा लगभग सबै पसलमा प्याट्रोल किन्न पाइन्छ । हरेक पसलेले आफ्नो पसल अगाडी मिनरल वाटरको बोतलमा प्याट्रोल सजाएर राखेका हुन्छन् । प्रति बोतल रु १ सय ५ देखि १ सय १० सम्म तिरे यहा जति वेलापनि प्याट्रोल भर्न पाइन्छ । त्यसो त यहा ति मिनरल वाटरको १ लिटरको वोतलमा भरेर राखिएकोले उपभेक्ताहरुले यसलाइ १ लिटर नै ठानेर किनिरहेका छन् तर १ लिटरको भरिएको मिनरल वाटरको सिल्ड गरेको वोतल सँग यि प्याट्रोलको वोतललाइ सँगै राखेर हेर्ने हो भने यि प्याट्रोलका बोतलमा मापदण्ड भन्दा अत्यन्तै कम प्याट्रोल भरीएको सहजै थाहा पाउन सकिन्छ । गौरीगँज बजारका पसलेहरुले बर्षौदेखि यसरी ग्राहक झुक्याइ रहदा समेत गौरीगँजको बजार अनुगमनमा प्रशासनले अनुगमनको चासो लिएको छैन ।
झापाको पुरानो बजार गौरीगँजमा प्याट्रोल पम्प छैन । यहि कारणले यो पुरानो बजारमा प्याट्रोलियम पदार्थमा बर्षौ देखि कालोबजारी हुदै आएको छ । एक स्थानीय उपभोक्ता श्रवण गिरी भन्छन् – यहा प्याट्रेलमा मात्र होइन धेरै कुराहरुमा कालो बजारी भइ रहेको छ तर सरोकारवाला निकायहरु मौन छन् । स्थानीय प्रशासनले अनुगमनमा चासो लिनु पर्ने हो तर खै किन हो सवै चुप छन् ।
इलाका प्रशासन कार्यालय गौरीगँजका प्रमुख यज्ञ प्रसाद आचार्यका अनुसार बजार अनुगमनको नियमन निकाय स्थानीय सरकार हो । उनि भन्छन् – नियम अनुसार गाँउपालिकाले बजारको अनुगमन गर्नु पर्ने हो हामीले त केवल अनुगमन टोलीलाइ सुरक्षा प्रदान गर्ने मात्र हो ।
दशै तिहारताका प्रमुख आचार्यले गाउपालिकाका तत्कालिन अधिकृत सुरेन्द्र थापामगरलाइ यस बारे घचघच्याएका पनि हुन तर गाउसभा हुन नसकेकाले थापामगरले यस बारे चासे देखाएनन् ।
जिल्ला समन्वय समिती झापाको असोज १० गते बसेको बैठकले समेत बजार अनुगमनके जिम्मा स्थानीय तहलाइ दिने निर्णय गरेके थियो । यस बारे जिससले कार्तिक ७ गते सवै स्थानीय तहलाइ यसबारे पत्राचार समेत गिरसकेको छ ।
गौरीगँज गापाका अहिलेका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पेखरेललाइ यस बारे चासो राख्दा यो अधिकार वडा समितीलाइ प्रत्यायोजन गिरएकोले यसलाइ वडा समितीले नै व्यवस्थित गर्ने कुरा बताए । “गाउसभा लगतै हामी यसबारे एउटा टोली वनाएर अनुगमन गर्छौ”– उनले भने । गौरीगँजको मुख्य बजार वडा नँ ३ भित्र पर्दछ । बजार अनुगमन बारे वडा नँ ३ का वडाध्यक्ष मखना महतो सकारात्मक छन् । उनि भन्छन् – गाउमा प्याट्रेल पम्प नभएको अवस्थामा यी बोतलका प्याट्रोललाइ विस्थापित नै त गर्न सकिदैन तर अनुगमन गरेर तौलको मापदण्डमा ल्याउनै पर्छ ।
पछिल्ले अवस्थामा बजारको पुर्वि भागमा भरोसा आयाल सेन्टरको नाममा दर्ता भएर एउटा प्याट्रोल पम्प सँचालन हुने तरखरमा छ तर प्राविधिक कारणले यो शुरु हुन सकेको छैन । यसका सँचालक दिपक गर्तौला भन्छन् – सबै प्रकृया पुरा भइ सक्यो अलिकती प्राविधिक कारणले काम अड्किएको छ । अवको लगभग १ महिनामा कारोवार शुरु भइसक्छ । स्थानीय तह मै पम्प शुरु भएपछी गौरीगँज बजारमा प्याट्रेलियम पदार्थमा हुने कालोबजारी आफै हटेर जाने उनको विश्वास छ ।



