स्वास्थ्य सँवन्धी दुई दिने अभिमुखिकरण

गौरीगँज २९ कार्तिक । सामाजिक स्वास्थ्य सुरक्षा बिकास समिती झापाले गौरीगँजमा आजदेखि गाउपालिका स्तरमा सामाजिक स्वास्थ्य सुरक्षा, र स्वास्थ्य बिमा कार्यक्रमको सुद्रिढिकरण कालागि दुई दिने अभिमुखिकरण तालिम सँचालन गरेको छ । तालिममा स्थानिय सरकारले गाउपालिका क्षेत्र भित्र प्रदान गर्ने स्वास्थ्य सेवाहरु, स्वास्थ्य सँवन्धी कार्यहरु र अधिकारहरु ,स्वास्थ्यमा गाउपालिकाको भुमिका तथा स्वास्थ्य बीमा का फाईदाहरुका बारेमा जानकारी गराईएको छ ।

तालिममा गापाका प्रमुख पदाधिकारीहरु, स्वास्थ्य स्वयम् सेविकाहरु र स्वास्थ्य कर्मीहरु सहभागि भएका छन् भने जनस्वास्थय अधिकृत मधुसुदन कोईराला लगायत हेल्थ फर लाईफ का प्रतिनिधिहरुले प्रशिक्षण दिई रहेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |