गौरीगँजको तापक्रम ११ । डिग्रीमा झर्यो
मदन राजवँशी मनप्रीत
गौरीगँज २१ पुस । केहि दिनको लगातार चिसोका कारण गौरीगँजको जनजीवन कष्टकार बनेको छ । आज मापन गरिएको तापक्रम अनुसार गौरीगँजको तापक्रम ११ डिग्री सेल्सीएस मा झरेको छ । यो तापक्रम गौरीगँजकै यस बर्षको कम हो । हिजो चिसो हावा चलेपनि गौरीगँजको तापक्रम १२ डिग्री सेल्सीयस थियो ।
आज विहान ९ वजेर ३५ मिनेटमा मापन गरिएको आकडा अनुसार गौरीगँजको अधिकतम तापक्रम १९ डिग्री र न्युनतम तापक्रम ८ डिग्री सेल्सीयस रहेको छ ।
हिजोको तुलनामा आज पश्चिमे चिसो हावा चलेको छैन यद्यपी आकाश बादलले ढाकिएको छ ।
मौसमविद विभुती पोख्रेलका अनुसार राति आकाश खुला भएपछि बिहान पर्ने शीत र तुसारोका कारण चिसो बढ्छ । तर राति बादल लागे न्यानो बढ्छ । चिसो बढेपछि देशभरि कै जनजीवन प्रभावित भएको छ । तराई र हिमालको जनजीवन कष्टकर बनेको छ ।
काठमाडौंको बिहीबार बिहानको न्यूनतम तापक्रम यो वर्षकै कम एक दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव २ र जीरीको माइनस २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
चिसो अझै बढ्ने मौसमविद पोख्रेलको भनाई छ । पश्चिमी वायुको प्रभावले बिहीबार पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनुका साथै केही ठाउँमा हिमपातको संभावना रहेको उहाँले जानकारी दिनुभयो ।



